इटहरी / माघ २३ गते तीर्थयात्रामा गएका नेपाली थीर्थयात्रु सवार बस भारतको सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा इटहरी उपमहानगरपालिका १०, ११ र १२ का गरेर १० जनाको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय प्रदेश १ नम्बरले जानकारी दिएको छ ।
दुर्घटनामा मृत्यू भएका मृतकको शव यतिखेर नेपाल ल्याइएको छ । मृत्यु भएका मध्यय ६ जनाको शव भने सुनसरीको बुढि गङगा घाटमा दाहा संस्कार गरीएको छ ।
भारतको तामिलनाडु प्रान्तबाट ५ दिनपछि सोमबार साझ बजे शव इटहरी ल्याइएको थीयो ।
इटहरीमा ६ जनाको दासस्सकार गरीएको छ ।
उपमेयर लक्ष्मी गौतमका अनुसार परराष्ट मन्त्रालयको सहयोगमा शव नेपाल ल्याएको बताउछिन
झापा , मोरङ र सुनसरीबाट ३४ जना तिर्थालु बोकेर ३५ दिने तिर्थयात्रामा निस्किएको नेपाली बस भारतको तामिलनाडु प्रान्तको सलेम जिल्लास्थित बेंगलरु नेशनल हाइवेमा दुर्घटना हुदा इटहरी उपमहानगरका ६ जना सहित १० जनाले ज्यान गुमाएका थीए ।
मृत्यु हुनेमा ५६ वर्षका गोपाल तामाङ, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम चौधरी, ७० वर्षीय रसिलाल चौधरी, ६६ वर्षीया बुधनी थरुनी, ६५ वर्षीया फूलसरीदेवी चौधरी, ६५ वर्षीया मञ्जु राई रहेका छन् । त्यस्तै, पवनलाल चौधरी, भजनलाल चौधरी र केदार चौधरीको पनि मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया