एजेन्सी- जन्म हुनासाथ चिकित्सकहरु बच्चाहरुलाई रुवाउने प्रयास गर्छन्। बच्चाको फोक्सो कति स्वस्थ छ र कसरी काम गरिरहेको छ भन्ने थाहा पाउन नवजात शिशुलाई रुवाउने गरिन्छ।

ब्राजिलको रियो डि जेनेरियास्थित एक अस्पतालमा १३ फेब्रुअरीमा एक बालिकाको जन्म भयो। जन्मिनासाथ रुनुपर्नेमा बालिका रोइनन्। चिकित्सकहरु उनलाई रुवाउने प्रयास पनि गरे, तर सकेनन्।

बच्चा नरोएपछि पहिले नाभी काट्ने निधोमा चिकित्सकहरु पुगे र नाभी काट्न लागे। त्यसबेला भने चिकित्सकहरु आश्चर्यमा परे। रुनुपर्ने शिशुको अनुहार पुरै रिसाएको जस्तो देखियो। यो पलको चिकित्सकहरुले तस्बिर खिचेका छन्।

शिशुको अनुहारमा देखिएको रौद्ररुपको तस्बिर अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ। चिकित्सकहरुले यसअघि कुनै पनि नवजात शिशुको यस्तो रुप नदेखेको र नाभी काटेपछि भने शिशु रोएको चिकित्सकहरुले बताएका छन्। शिशुको तस्बिर अस्पतालले पनि शेयर गरेको छ।

चिकित्सकहरुले यो निकै अविस्मरणीय क्षण भएको बताएका छन्। ति शिशुका अभिभावकले उनको नाम इसाबेल परेरा डी जिसस राखेका छन्। शिशुको शल्यक्रियाबाट जन्म भएको हो।

तपाईको प्रतिक्रिया