इटहरी । छिमेकी मुलुक चिनमा फैलिएको कोराना भाइसका कारण पुर्वी नेपालको पर्यटन व्यवसाय समेत प्रभावित वन्न थालेको छ ।  पुर्वी नेपालका रहेका विभिन्न पर्यटकीय क्षेत्रमा आउनक वुकिगं गराई सकेका विदेशी पर्यटकहरुले बुकिगं रद्ध गर्न थालेपछि कोरोनाको प्रभाव पुर्वी नेपालको पर्यटन व्यवसायमा पनि परेको हो ।
विश्वमै दुर्लभ हुदै आएको बाबुलिस जातको अर्ना तथा पाँच सय बढी प्रजातिका चराहरु रहेको कोशी टप्पु बन्य जन्तु आरक्ष क्षेत्रमा आउन होटलहरु बुकिगं गराएका विदेशी पर्यटकहरु बुकिगं रद्ध गर्न थालेका छन । कोशी टप्पु क्षेत्रमा आउने युरोपियन मुलुकका पर्यटकहरुले धमाधम बुकिगं रद्ध गर्न थालेको अक्वा बर्ड बाचिगं क्यापका सञ्चालक सुरज गिरीले वताए । युरोपका विभिन्न देशबाट चरा अवलोकनका लागि आउन होटल बुकिंग गराएका १३ टोली मध्ये १०वटाले कोरोना भाइरसकै कारण वुकिगं रद्ध गराएको उनले जानकारी दिए ।

कोशी टप्पु बन्य जन्तु आरक्ष विसं २०३२सालमा बाबुलिस जातको अर्ना संरक्षणका लागि स्थापित भएको भएपनि पछिल्लो केही वर्ष यता देखि साइबेरिया लगायत विश्वका विभिन्न देशबाट समेत आउने फिरन्ते चराहरुका कारण समेत प्रख्यात रहेको छ । पछिल्लो समयमा चरा अवलोकनका लागि ठुलो संख्यामा विदेशी पर्यटकहरु आउन थाले अवस्था भएपनि छिमेकी मुलुक चिनमा फैलिएको कोरोना भाइसरका कारण पर्यटकहरु घटेको अर्का पर्यटन व्यवसायी कुर्मान मंसुरी गुनासो गर्दछन । अर्ना तथा चरा अवलोकनका लागि आउने विदेशी पर्यटकहरुलाई लक्षित गरी कोशी टप्पु आसपासका क्षेत्र ठुलो लगानीमा सुविधा सम्पन्न होटलहरु सञ्चालनमा आउने क्रम बढी रहेपनि कोरोनाका कारण पर्यटकहरुले बुकिंग रद्ध गर्न थालेपछि यस्ता होटलहरु समेत सुसान बन्न पुगेका छन । कोशी टप्पुमा ४सय ४१अर्ना र ५सय ३० प्रजातिका चराहरु रहेका छन । कोरोनाका कारण देखाउदै पर्यटकहरुले बुकिगं रद्ध गर्न थालेपछि नेपाल सरकारले घोषणा गरेर मनाइदै आएको नेपाल भ्रमण वर्षमा अपेक्षाकृत रुपमा पर्यटकहरु आउनेमा शंका गर्न थालिएको छ ।

तपाईको प्रतिक्रिया