झापाको अर्जुनधारा नगरपालिका–१० घर भएका ६३ बर्षिय प्रदिप तामाङलाई बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको छ ।

सोमबार राति घरमा कोही नभएको समयमा सोही नगरपालिकाको वडा नम्बर १ बस्ने १२ बर्षिया बालिकालाई जर्बजस्ती गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेका तामाङले बालिकालाई १ हजार १ सय रुपैयाँ दिई जबरजस्ती गर्न खोजेका थिए । बालिकाले नमान्दै हो–हल्ला गरेको स्थानीयले थाहा पाएपछि तत्काल नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।

घटना भएको जानकारी पाउनसाथ प्रहरी चौकी शनिश्चरेबाट खटेको टोलीले तामाङलाई हिरासतमा लिएर थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनी पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया