आत्मविश्वासले मानिसमा जादुमय प्रभाव पार्न सक्छ । अध्ययनहरुका अनुसार आत्मविश्वास र सफलता तथा कार्यक्षमताबीच नजिकको सम्बन्ध छ । यसैकारणले पनि हामीले देख्ने गरेका सफल मानिसहरु आत्मविश्वासले भरिएका हुन्छन् । यहाँ आत्माबिस्वासलाई जगाईराख्न गर्नु पर्ने केही सुत्रहरुको बारेमा चर्चा गरीएको छ ।

१. आत्मविश्वासी मानिसहरुको वरिपरि रहने गर्नुहोस् ।  

कुनै समूहमा आपूmलाई भिजाउन सक्नु भनेको साँच्चै नै शक्तिशाली कुरा हो । मनोविज्ञानमा आधारित अनुसन्धान अनुसार पनि कोही पनि व्यक्तिले आपूmभन्दा भिन्दै तरिकाले सोच्ने वा काम गर्ने समूहबाट थाहै नपाई तुरुन्तै ती बानीव्यवहार टिपिसकेका हुन्छन् । यसकारण आत्मविश्वासिलो हुन सकिरहुनभएको छैन भने आत्मविश्वासिला मानिसहरुको संगतमा बस्ने गर्नुहोस् । यसो गर्दा तपाईँले उनीहरु सफल हुन प्रयोग गर्ने विचारको अनुसरण गर्ने मात्र होइन, उनीहरु सरह उनीहरुको बानी पनि सिक्नुहुनेछ । यस्ता मानिसहरु सकारात्मक हुने र अरुलाई पनि प्रोत्साहित गर्ने हुँदा आपूmमा पटक्कै विश्वास जगाउन नसकेका मानिसहरुले पनि उनीहरुको साथले धेरै कुरा सिक्न सक्नेछन् र आत्मविश्वासी बन्दै जान सक्छन् ।

२. निरन्तर मिहिनेत गर्नुहोस् ।

आफ्नो सन्तुष्टि हुने गरी काम गर्ने ताकत आपूmमा भएपछि मात्र आपूmमा आत्मविश्वास बढ्ने हो । आपूmमा कुशलता नल्याइकनै सोचेरै मात्र आत्मविश्वासीलो बन्न सकिन्न । योजनाबद्ध कार्य गर्नाले मात्र यसको प्रतिफल आउँछ । याद राख्नुहोस् है व्यस्त हुनु मात्र मिहिनेत गर्नु होइन, आपूmले गरेको कामको प्रतिफल मापन गर्न पनि सक्नुपर्छ ।

३. कुनै कार्यको महाहस्ती बन्न चाहनुहुन्छ भने असफलतासँग नडराउनुहोस् ।
कुनै पनि कार्यमा महाहस्ती बन्न असफल नभई अगाडि बढ्न सकिन्न । उत्कृष्ट परिणाम प्राप्तिका लागि तपार्इँले ठक्कर अवश्य पनि खानुहुनेछ । असफल हुन कोही पनि चाहन्नन् तर सफल हुनका लागि असफलतासँग डराउन हुन्न । असफलताले नै सफलताको रहस्य खुलाउँछ र सफलताले नै आत्मविश्वास बढाउँछ । तपार्इँ जति असफल हुनुभयो, त्यति नै बढी ज्ञान प्राप्त गर्न सक्नुहुनेछ । के गर्दा काम बन्छ र के गर्दा बन्दैन भनेर जान्नुहुन्छ । उत्कृष्टता हासिल गर्ने तरिका जति बढी थाहा पाउनुहुन्छ, उति नै तपार्इँको ज्ञान बढ्दै जान्छ र यसले तपार्इँमा आत्मविश्वास बढ्छ । जति धेरै प्रगति गर्दै जानुहुन्छ, उति नै तपाईँको आपूmमाथिको विश्वास कसैले पनि तोड्न सक्दैन ।

हाम्रो पात्रोबाट

तपाईको प्रतिक्रिया