इटहरी, तास खेल्दै गरेको अवस्थामा इटहरी प्रहरीले ०५ जनालाई इटहरी उपमहानगरपालिका–०४ बाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले रु ४३ ह्जार ८ सय ०५ रुपैया पनि बरामद गरेको छ।

इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईका अनुसार इटहरी वडा नं. ०४ मा रहेको दिपक तमाङको घरबाट तास खेल्दै गरेको अवस्थामा शंखर खत्री, रोहित घले, दिपक तमाङ, गोपाल थापा, अंमर गिरी, पक्राउ परेका हुन । विशेष सुराकीका आधारमा प्रहरीको टोलीले तास खेल्ने समूहलाईं पक्राउ गरेको चौलागाईले बताए ।

त्यस्तै हिजो मात्र प्रहरीले तास खेल्दै गरेको अवस्थामा इटहरीबाट ०६ जना पक्राउ गरेको थियो भने आजै दिउसो मात्रा इटहरी ०२ हलगडा मा रहेको सुर्योदय होटलबाट ०६ जना जुवाडे प्रहरीले पक्राउ गरेको थियो । यो सगै प्रहरीले २ दिनमा १६ जना जुवाडे पक्राउ गरेको छ् ।

इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईका अनुसार इटहरी वडा नं. २ मा रहेको सुर्योदय होटलबाट तास खेल्दै गरेको अवस्थामा पक्राउ पर्नेमा मुकुन्द काफ्ले, डोमी चौधरी, विधुर मिश्र, झलक कार्की, गोपाल निरौला, अनिल तमाङ, पक्राउ परेका हुन ।

०७ गते मङ्लबार तास खेल्दै गरेका व्यक्तिहरुको नाम :- इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईका अनुसार इटहरी वडा नं. १ मा किरण दाहालले सञ्चालन गरेको काठ फ्याट्रीबाट तास खेल्दै गरेको अवस्थामा भोजबहादुर अधिकारी, रामबहादुर मगर,टाइसन लिम्बु, मणीराज राईं र प्रमोद गेलाल छन् ।

०८ गते बुधवार तास खेल्दै गरेका व्यक्तिहरुको नाम :- इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईका अनुसार इटहरी वडा नं. २ मा रहेको सुर्योदय होटलबाट तास खेल्दै गरेको अवस्थामा मुकुन्द काफ्ले, डोमी चौधरी, विधुर मिश्र, झलक कार्की, गोपाल निरौला, अनिल तमाङ, पक्राउ परेका हुन ।

तपाईको प्रतिक्रिया